भिजिट भिसा प्रकरणमा जारी सदनको अवरोध खुलाउनको लागि नेपाली कांग्रेस र रास्वपा छलफलमा जुटेका छन् । सत्तारूढ नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्काले वार्ताको नेतृत्व गरेका छन् । उता, विपक्षी दल रास्वपाबाट डा. स्वर्णिम वाग्लेले लिड गरेका छन् । खड्का र वाग्लेबीछ पछिल्लो समय निरन्तर सम्वाद भैरहेको छ ।
सदनको अवरोध खुलाउनको लागि विपक्षीहरु लचिलो बनेको भनिएको छ । तर, रास्वपाले भने छानबिन समितिको प्रतिबद्धता आउनुपर्ने अडान राखेको छ । शनिबार प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि सदनको अवरोध खुल्ने सम्भावनाबारे चर्चा चलेको छ ।
हिजो नै सदन खुलाउने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएको भनिएको थियो । तर, सहमतिको भाषामा नै सहमति जुट्न नसकेपछि बैठक नियमित प्रक्रियामा नगई स्थगित् भएको थियो । आज बैठक २ बजे बस्दैछ । त्यसअघि नै दलहरु सहमतिमा पुग्न चाहेका हुन् । विपक्षीहरुले यसअघि सदन खोल्नको लागि गृहमन्त्री रमेश लेखकको राजीनामालाई मुख्य अडानको विषय बनाएका थिए ।
तर, पछि अख्तियारले छानबिन गरिरहेको विषयमा अहिले अर्को समिति बनाउँदा राम्रो सन्देश प्रवाह नहुनेमा दलहरु सहमतिमा पुगेका हुन् । अहिले सत्तापक्षले छानबिन समिति वा संयन्त्रको प्रतिबद्धता जनाए सदनको अवरोध खुलाउनेमा विपक्षीहरु करिब करिब सहमत भएका छन् ।
प्रतिक्रिया