रचना रिमाललाई भएको के हो ?



गयिका रचना रिमाल अस्वस्थ भएपछि काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । अस्पतालको क्याबिनमा राखेर उनको उपचार भइरहेको छ । उनको सानो आन्द्रा सुन्निएको र पेटमा पनि केही समस्या देखिएको पारिवारिक श्रोतले बताएको छ ।

रचना सांगीतिक प्रस्तुतिका लागि पश्चिम रुकुम पुगेकी थिइन् । तर, पेट दुखेपछि उनलाई सुर्खेतबाट नेपालगञ्जसम्म नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएको थियो । त्यहाँबाट काठमाडौं ल्याएर उनको उपचार भइरहेको छ ।

मंगलबार रातीदेखि नै औषधी चलाइएको छ । उनलाई पानी पनि धेरै खान दिइएको छैन । औषधी चलाइन्जेल अहिले नै जुस र पानी नखान डाक्टरले सल्लाहा दिएका छन् । रचना खाना खान सक्ने भएपछि मात्र डिस्चार्ज हुने वुझिएको छ ।

रचना नेपाली सांगीतिक क्षेत्रकी व्यस्त गायिका हुन् । जो दैनिकजसो कुनै न कुनै सांगीति कार्यक्रममा नेपाल र विदेशमा पुगिरहेकी हुन्छिन् ।