शुक्रबारदेखि रिलिजमा आउन लागेको ‘महाभोज’पछि एक महिना नयाँ नेपाली रिलिजको क्यालेन्डर छैन । यो फिल्मको सुखद व्यापार भएको खण्डमा एक महिनासम्म निर्वाध रुपमा यो फिल्म हलमा लाग्नेछ ।
दिनेश राउतको निर्देशनमा विकास सुवेदीले लेखेको यो फिल्मलाई क्यूएफएक्स चेन, एफक्यूब, वान सिनेमाज्, आइएनआई लगायतका हलहरुले औषत शोज दिएका छन् ।
विशेषगरि, हलमा ‘हाउसफूल ५’को अकुपेन्सी सुखद रहनु, नयाँ दुई हलिउड फिल्म रिलिज हुनु, पुराना केही नेपाली र विदेशी फिल्मले दर्शकको साथ पाइरहनु आदि कारणले गर्दा पनि ‘महाभोज’ले औषत शोज पाएको हो ।
तर, फिल्मको शोज बढ्नका लागि यसको व्यापार पनि बढ्नुपर्ने हुन्छ । व्यापार बढेको खण्डमा फिल्मको शोज बढ्नेछ र यसले निरन्तर रुपमा व्यापार गर्नेछ ।
हिमाल कडरियाको लगानीमा तयार भएको फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ लगायतका कलाकारहरुको अभिनय छ । फिल्मले सहकारी पीडितहरुको कथालाई उठान गरेको छ ।
यसअघि जेठको १५ गते रिलिज हुनुपर्ने फिल्म देशको विषय परिस्थितीका कारण दुई साता पर सरेको थियो ।
प्रतिक्रिया