दुर्गेशको जापान शोज किन भयो रद्द ?



गायक दुर्गेश थापाको जापानमा आयोजना हुन लागेको शोज रद्द भएको छ । जापानमा दुर्गेश थापा आउँदैछन् भनेर आयोजकले प्रचार गरिरहेको एक साता भयो । तर, आज अकस्मात दुर्गेशको शोज रद्द भएको जानकारी दिइएको छ ।

यसको पछाडिको मुख्यकारण, दुर्गेशको भिसा समस्या हो । पछिल्लो समयका व्यस्त गायकलाई जापानले भिसा नै नदिएपछि उनको शोज रद्द गर्न यसको आयोजक वाध्य भएको हो ।

दुर्गेशसले जापानको नागोयामा जुनको १७ तारिखमा आफ्नो प्रस्तुति दिने तयारी गरेका थिए । यस्तै, टोकियोमा पनि उनको कन्सर्टको तयारी भइसकेको थियो । आयोजकले टिकट समेत विक्री गरिसकेको थियो । हल पनि बुक भइसकेको थियो ।

तर, दुर्गेशसलाई जापानले भिसा नदिएपछि उनको शोज रद्द गरिएको छ । यसले, दुर्गेशलाई जापानमा हेर्न पर्खिरहेका उनका फ्यानहरु निराश भएका छन् ।