फिल्म ‘फेरि रेशम फिलिली’पछि नायिका सुपुष्पा भट्टको फिल्म क्षेत्रमा माग बढेको छ । सुपुष्पाले यो फिल्ममा लोभलाग्दो अभिनय गरेकी थिइन् । जसकाकारण, उनलाई लिएर फिल्म बनाउन मेकरहरु लालयित छन् ।
अब, सुपुष्पाले नयाँ फिल्म ‘राम नाम सत्य’ साइन गरेकी छिन् । माइकल चन्दको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म उनले साइन गरेकी हुन् ।
सुपुष्पाले आफ्नो भूमिका चित्तवुझ्दो रहेपछि फिल्म साइन गरेको बताइन् । यो फिल्ममा यसअघि नायिका दिव्या रायमाझी पनि अनुवन्धित भइसकेकी छिन् ।
सुपुष्पा साइन गरेपछि निर्देशक चन्दले भने–‘हामीलाई सुपुष्पा जस्तै हाइट भएकी नायिका चाहिएको थियो । उहाँको अभिनय पनि अब्बल छ । कथाले मागे अनुसार नै फिट भएपछि हामीले उहाँलाई अनुवन्धित गरेका हौं ।’
फिल्ममा विराज भट्ट, सुशिल श्रेष्ठ मुख्य भूमिकामा फाइनल भइसकेका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता डाक्टर डी आर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन् । फिल्मको छायांकन भदौबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ । एक्सन, लभ र सस्पेन्स कथामा यो फिल्म निर्माण हुनेछ ।
फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्माणपक्षको भनाई छ । फिल्मलाई सुसन प्रजापतिले खिच्नेछन् । अब, केही कलाकार फाइनल गरेपछि लाइनअप पुरा हुने निर्माणपक्षले बताएको छ ।
प्रतिक्रिया