भिजिट भिसाको बात लागेपछि रास्वपा उपसभापति अर्याल संसदमै कड्किए


काठमाडौं । आफूमाथि भिजिट भिसामार्फत मानव तस्करीको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति डोलप्रसाद अर्याल संसदमै कड्किएका छन् । शनिबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले भिजिट भिसामा मान्छे पठाउने सुमिरे टुर्स एन्ड ट्राभल्समाथि छानबिनको माग गरेका थिए ।

आइतबारको बैठकमा अर्यालले खतिवडाको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे । अर्यालले सुमिरे टुर एन्ड ट्राभल्स आफ्नै कम्पनी भएको बताउँदै ‘चोरेर खानेहरूले गरिखानेहरूलाई’ निराधार आरोप लगाउने गरेको बताए। खतिवडाले सुमिरे टुर एन्ड ट्राभल्सले भिजिट भिसामा नेपालीलाई जापान पठाएर अर्बौं कमाएको बताएका थिए।

तर उनले त्यो कम्पनी कस्को हो भनेर भनेका थिएनन्। ‘हामीले हाम्रो आन्दोलन आजपनि जारी नै राखेका छौं। यहाँ काम गरेर खानेहरुले चोरेर खानेहरुलाई जवाफ दिएर हिँड्नुपर्ने अवस्था आयो,’ उनले भने । लगत्तै खतिवडाले नियमापत्ति जनाउँदै अर्यालको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे ।

दुईबीच भनाभन चल्दा माओवादी सांसद अमनलाल मोदीले दुवैको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्र्ने बताए । खतिवडाले शनिबार सदनमा भनेका थिए, ‘सुमिरे टुर्स एन्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो रु विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाउमा हजारौँ मान्छे पठाएर अर्बौँ पैसा त्यहाँबाट लिएर संसद्मा प्रतिनिधित्व गर्ने र संसद्मा सांसद किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ र तिनै मान्छेहरू यदाकता संसद्मा र उफ्रिने काम पनि भएको सुन्नमा आएको छ । यसमा निष्पक्ष छानबिन भएर कारबाहीको दायरा अगाडि बढाइयोस् ।’

Enter

Write to onlinetvnepal.com