Breaking:पूर्णबहादुरलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएर देउवा सिंगापुर जाने


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने भएका छन् । देउवा निवासमा सोमबार साँझ बसको शीर्ष नेताहरुको बैठकमा खड्कालाई कार्यवाहक सभापति दिन देउवा राजी भएका हुन् ।

मंगलबार पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिने छन् । सभापति देउवाले पार्टीको केन्द्रीय समिति बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा बुझिएको छ ।

खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएर देउवा सिंगापुर जाने तयारी छन् । भदौ २४ गते आपराधिक जत्थाको भौतिक आक्रमण व्यहोरेका देउवा दम्पतीले सिंगापुरमा थप उपचार गर्ने छन् ।