संविधान संशोधनको बहस तीव्र, कार्यदलले सरोकारवालासँग परामर्श बढायो


काठमाडौं। सरकारले संविधान संशोधनको औपचारिक प्रक्रिया अघि बढाउँदै ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ मार्फत परामर्शलाई तीव्र बनाएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज दिउँसो ३ देखि ५ बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वरिष्ठ अधिवक्ता तथा कानुन व्यवसायीहरूसँग विशेष छलफल गर्दै छ l

यसअघि कार्यदलले संविधानविद्हरूसँग पनि परामर्श गरिसकेको छ। मन्त्रिपरिषद्को २०८२ चैत १६ गतेको निर्णयअनुसार गठन भएको कार्यदलले वैशाख १० गतेको बैठकपछि विभिन्न सरोकारवालासँग सुझाव संकलन गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

कार्यदलले संकलित सुझावका आधारमा संविधान संशोधनका विषयमा ठोस बहसपत्र तयार गरी सरकारलाई बुझाउने तयारी गरेको छ।