काठमाडौं l श्रम संस्कृति पार्टी निकट कार्यकर्ताहरूले सुकुम्वासी बस्तीमा डोजर चलाएको विरोध गर्दै शनिबार माइतीघरमा प्रदर्शन गरेका छन्। माइतीघर मण्डला मा आयोजित प्रदर्शनमा सहभागीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर सरकारविरुद्ध विरोध जनाएका हुन्।
‘यो देश गरीबको पनि हो’, ‘भूमिहीनलाई जमिन दे’, र ‘यो देश गरिबको पनि हो’ लगायतका नारासहित प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए।
हालै काठमाडौंसहित विभिन्न स्थानमा सुकुम्वासी बस्ती हटाइएपछि प्रभावित परिवारहरू समस्यामा परेको भन्दै प्रदर्शनकारीहरूले आवासको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले वैकल्पिक व्यवस्थाविना बस्ती हटाउँदा गरिब तथा भूमिहीन नागरिक थप संकटमा परेको बताएका छन्।














प्रतिक्रिया