नेपाली सेनाले कोशी कोरिडोर अन्तर्गत खाँदवारी–किमाथांकाघोङ्घप्पासम्मको १० दशमलव ८१ किलोमिटर सडक निर्माण कार्य सम्पन्न


काठमाडौं l नेपाली सेनाले कोशी कोरिडोर अन्तर्गत खाँदवारी–किमाथांका सडक खण्डको महत्वपूर्ण भाग निर्माण सम्पन्न गरेको छ । संखुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ्गदेखि घोङ्घप्पासम्मको १० दशमलव ८१ किलोमिटर सडक निर्माण कार्य सम्पन्न गरी नेपाली सेनाले वैशाख २८ गते उत्तर–दक्षिण (कोशी) सडक आयोजनाका प्रमुखलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।

दुर्गम हिमाली क्षेत्रमा निर्माण गरिएको उक्त सडकलाई कोशी कोरिडोरको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । सडक निर्माणसँगै स्थानीय बासिन्दाको आवतजावत सहज हुनुका साथै व्यापार, पर्यटन तथा विकास निर्माणका गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

कठिन भौगोलिक अवस्था र चुनौतीपूर्ण वातावरणका बाबजुद नेपाली सेनाले निर्धारित कार्य सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । राष्ट्रिय पूर्वाधार विकासमा नेपाली सेनाले पुर्‍याउँदै आएको योगदान अन्तर्गत यो परियोजना पनि महत्वपूर्ण मानिएको छ ।