नेपाल सरकार द्वारा जारी सरसफाइ सप्ताह संघीय संसद सचिवालयमा सभामुखको सहभागिता


काठमाडौं । संघीय संसद सचिवालय मा जारी “सरसफाइ सप्ताह” अन्तर्गत आज विशेष सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय द्वारा जारी “सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३” अनुसार वैशाख २५ गतेदेखि जेठ १ गतेसम्म देशभर विभिन्न सरकारी निकायमा सरसफाइ कार्यक्रम सञ्चालन भइरहेका छन्।

संघीय संसद सचिवालयका महासचिवको नेतृत्वमा आयोजित कार्यक्रममा सम्माननीय सभामुखको सहभागिता रहेको थियो। कार्यक्रममा राष्ट्रिय सभा का अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख तथा राष्ट्रिय सभाका उपाध्यक्षको समेत सहभागिता रहेको थियो।

कार्यक्रमअन्तर्गत संसद सचिवालय परिसरको सरसफाइ गर्दै स्वच्छ, स्वस्थ र व्यवस्थित कार्य वातावरण निर्माणप्रति प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ। सरसफाइ अभियानमार्फत सार्वजनिक निकायहरूलाई थप व्यवस्थित, अनुशासित र सेवामुखी बनाउने उद्देश्य लिइएको बताइएको छ।