काठमाडौं l पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय नेकपा एमाले सचिवालयले गरेको छ। सोमबार अध्यक्ष केपी शर्मा ओली को निवास गुण्डुमा बसेको बैठकले यस्तो निर्णय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन्।
भण्डारीको सदस्यता यसअघि रोकिएको विषय एमालेभित्र चर्चा र विवादको विषय बनेको थियो। पछिल्लो समय उनी पार्टीका विभिन्न कार्यक्रमहरूमा पनि सक्रिय रूपमा देखिन थालेकी थिइन्। सदस्यता दिने पछिल्लो निर्णयसँगै उनको आगामी राजनीतिक भूमिकाबारे चासो बढेको छ।
यद्यपि अहिलेका लागि सदस्यता दिने निर्णय मात्र भएको र पार्टीभित्र उनको जिम्मेवारी तथा भूमिकाबारे थप निर्णय हुन बाँकी रहेको बताइएको छ।
















प्रतिक्रिया