काठमाडौं l काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीबाट विस्थापित परिवारका लागि सरकारले राहत तथा पुनर्स्थापना सम्बन्धी विशेष निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रभावित परिवारलाई पुनर्स्थापना खर्च र अस्थायी बसोबासका लागि आर्थिक सहायता उपलब्ध गराइने भएको छ।
निर्णयअनुसार प्रतिपरिवार पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार रुपैयाँ दिइनेछ। त्यसैगरी, वैकल्पिक बसोबासका लागि ५ जनासम्म सदस्य भएका परिवारलाई ३ महिनासम्म प्रतिमहिना १५ हजार रुपैयाँ उपलब्ध गराइनेछ।
यस्तै, ५ जनाभन्दा बढी सदस्य भएका परिवारलाई १५ हजार रुपैयाँका अतिरिक्त प्रत्येक थप सदस्य बराबर प्रतिमहिना २ हजार रुपैयाँ थप सहायता दिइने व्यवस्था गरिएको छ। सरकारले यो निर्णय विस्थापित परिवारलाई तत्काल बसोबास व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले गरेको जनाएको छ।
















प्रतिक्रिया