सासंद निस्कल राई ले सभामुख डीपी अर्याल को भूमिकामाथि प्रश्न


काठमाडौं l निस्कल राई ले सभामुख डीपी अर्याल को भूमिकामाथि प्रश्न उठाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रतिपक्षी दलले सरकारलाई जवाफदेही बनाउन खोज्दा सभामुख निष्पक्ष नदेखिएको टिप्पणी गरे।

राईले पछिल्ला केही बैठकदेखि प्रतिपक्षीले सरकारसँग जवाफ माग्ने प्रयास गरिरहेको भए पनि त्यसमा सभामुखको साथ नपाएको आरोप लगाए। उनले विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलो स्कार्फ बाँधेर संसदमा उपस्थित भएको प्रसंग स्मरण गर्दै प्रश्न गरे, “आफैंले गरेको त्यो कदम संसदीय र मर्यादित हुने, तर अहिले प्रतिपक्षीको प्लेकार्ड कसरी अमर्यादित हुन्छ?”