काठमाडौं l पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्खे खोलाको खोलाघरभित्र निर्माण गरिएका संरचना आजदेखि हटाउन सुरु गरेको छ। सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउन महानगरले दिएको ३५ दिनको समयसीमा शनिबार सकिएपछि अभियान अघि बढाइएको हो।
महानगरले गत वैशाख ३ गते सूचना जारी गर्दै खोलाघरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति र संस्थालाई पूर्वसूचना दिएको थियो। महानगर प्रमुख धनराज आचार्य ले २०८० असारमा गरिएको फिर्केखोला नापजाँच प्रतिवेदनअनुसार खोलाघरभित्र निर्माण भएका सबै प्रकृतिका संरचना हटाइने बताएका छन्।
अभियानअन्तर्गत अँधेरिकुना, फिर्केपुल क्षेत्र र जिरोकिलोमिटरबाट डोजर परिचालन गरी अतिक्रमित संरचना हटाउने काम सुरु गरिनेछ। महानगरका अनुसार अभियान सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधिको नेतृत्वमा सञ्चालन हुनेछ।
















प्रतिक्रिया