पत्रकार रिता भारती गिरी रास्वपाको विभागीय सदस्यमा मनोनित


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी ले पत्रकार रिता भारती गिरी लाई पार्टीको केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना विभागको सदस्य पदमा मनोनयन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयले जारी गरेको पत्रमार्फत गिरीलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो । भूपदेव शाह द्वारा हस्ताक्षरित पत्रमा पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागीय नियमावलीअनुसार उनले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

काठमाडौंको बुढानिलकण्ठ–१२ निवासी रिता भारती गिरी लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएकी छन् । उहाँ विगत सात वर्षदेखि अनलाइन टिभी नेपाल डटकम मा संवाददाताको भूमिकामा कार्यरत हुनुहुन्छ ।

मनोनयनपछि गिरीले आफूलाई दिइएको जिम्मेवारी पार्टीको नीति, सिद्धान्त तथा जनअपेक्षाअनुसार इमानदार, जिम्मेवार र प्रभावकारी ढंगले पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।