काठमाडौं l सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले बैठकपछि निर्णयहरू सार्वजनिक गरेका हुन्।
मुख्य निर्णयहरू:
• नेपाल–चीन जोड्ने चिलिमे–केरुङ विद्युत् प्रसारण लाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने प्रतित्यूतर पत्र (लेटर अफ रिप्लाई) स्वीकृत गर्ने।
• आर्थिक वर्ष २०८३/०८४ का लागि वर्षे धानबालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने:
– मोटो धान: प्रतिक्विन्टल रु ३,६६०
– मध्यम धान: प्रतिक्विन्टल रु ३,८६०
• सहकारी क्षेत्रमा देखिएको अनियमितता सम्बन्धी सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने।
• मुकेश डंगोल लाई नेपाल नागरिक उड्डयन प्राधिकरण को महानिर्देशकमा नियुक्त गर्ने।
















प्रतिक्रिया