देउवा दम्पतिलाई पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश


काठमाडौं l सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमन्त्री आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त आदेश दिएको हो। अदालतले गत वैशाख १८ गते जारी अध्यादेशअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानबाट अघि बढ्ने मुद्दाहरू विशेष अदालतमा दर्ता हुनुपर्ने व्यवस्था रहेको उल्लेख गरेको छ।

विशेष अदालतको क्षेत्राधिकार रहने विषयमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको भन्दै सर्वोच्चले सो पक्राउ पुर्जीका आधारमा तत्काल पक्राउ नगर्न तथा नगराउन अन्तरिम आदेश दिएको हो।