काठमाडौं l पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसरमा सुकुमबासीहरूले धर्ना दिएका छन्। उनीहरू २४ दिनअघि तिलगंगा क्षेत्रबाट हटाइएका व्यक्तिहरू हुन्।
आफ्ना घर तथा बस्तीहरू सम्झौता विपरीत र बिना उचित विकल्प हटाइएको भन्दै उनीहरूले कोषको निर्णयप्रति आपत्ति जनाएका छन्। त्यसैको विरोधस्वरूप उनीहरू कोषको कार्यालय अगाडि धर्नामा बसेका हुन्।
धर्नामा सहभागीहरूले आफूहरू लामो समयदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएको र पुनः व्यवस्थापन बिना विस्थापन गर्नु अन्याय भएको दाबी गरेका छन्। उनीहरूले तत्काल समाधान र सुरक्षित पुनर्वासको व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरेका छन्।
आन्दोलनकारीहरूले माग पूरा नभएसम्म धर्ना जारी राख्ने बताएका छन्।
















प्रतिक्रिया