काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री सुशीला कार्की र सुधन गुरुङमाथि थप अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।
आयोगकी सदस्य डा. लिली थापाको संयोजकत्वमा गठन गरिएको समितिको प्रतिवेदनका आधारमा भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लंघन तथा भौतिक–मानवीय क्षतिबारे उनीहरूको संलग्नता सम्बन्धमा अनुसन्धान आवश्यक रहेको ठहर गर्दै यस्तो सिफारिस गरिएको हो ।
आयोगले सम्बन्धित व्यक्तिहरूको संलग्नता थियो वा थिएन, उनीहरूका अभिव्यक्तिले प्रदर्शनकारीलाई उत्तेजित पारेको थियो वा थिएन, तथा त्यसले सार्वजनिक शान्ति र सुव्यवस्थामा असर पारेको थियो वा थिएन भन्ने विषयमा सूक्ष्म अनुसन्धान गर्नुपर्ने जनाएको छ ।
सिफारिसमा अनुसन्धान प्रक्रियाका क्रममा सम्बन्धित व्यक्तिहरूको स्वच्छ सुनुवाइको अधिकार सुनिश्चित गर्नुपर्ने पनि उल्लेख गरिएको छ । साथै अनुसन्धानबाट दोषी देखिए कानूनी कारबाही अघि बढाउनुपर्ने भनिएको छ ।
आयोगले सरकारलाई यस विषयमा विस्तृत छानबिन गरी आवश्यक निष्कर्षमा पुग्न आग्रह गरेको छ ।
















प्रतिक्रिया