पूर्वयुवराज्ञी हिमानी शाह ले कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्र को अवलोकन


काठमाडौं l पूर्वमन्त्री तथा सांसद महावीर पुन अध्यक्ष रहेको केन्द्रमा बिहीबार पुगेकी हिमानीसँगै पूर्वराजकुमारी दिलासा राणा ले पनि आविष्कार केन्द्रको अवलोकन गरेकी हुन् ।

अवलोकनका क्रममा महावीर पुनले हिमानी शाहलाई केन्द्रमा विकसित विभिन्न नवप्रवर्तनका सामग्री, उपकरण तथा परियोजनाबारे जानकारी गराएका थिए । उनले त्यहाँ निर्माण गरिएका प्रविधि, अनुसन्धानका काम तथा नवप्रवर्तनका प्रयासहरूबारे विस्तृत रूपमा प्रस्तुत गर्दै प्रत्येक परियोजनाको उद्देश्य, प्रयोग र प्रभावबारे समेत जानकारी दिएका थिए ।

अनुगमनपछि हिमानी शाह खुसी मुद्रामा देखिएकी थिइन् । उनले केन्द्रले स्वदेशमै अनुसन्धान, प्रविधि विकास तथा नवप्रवर्तनको क्षेत्रमा गरिरहेको कामको प्रशंसा गरेको बताइएको छ ।