कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल बीच पार्टी एकता 


काठमाडौं l शुक्रबार काठमाडौंको त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालयमा दुवै पक्षबीच सातबुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै औपचारिक रूपमा एकता घोषणा गरिएको हो ।

समान अठोट र राष्ट्रसेवाको साझा लक्ष्य बोकेका शक्तिहरूबीच सहकार्य आवश्यक रहेको भन्दै दुई दलबीच एकता गरिएको बताइएको छ ।

समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियार ले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार दुवै दलले जनआन्दोलनको मर्म, सामाजिक न्याय, समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई साझा राजनीतिक एजेण्डाका रूपमा अघि बढाउने भएका छन् । साथै, भ्रष्टाचार र कुशासनविरुद्ध संयुक्त संघर्ष गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।