काठमाडौं l सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
मन्त्री वाग्लेका अनुसार २१ प्रतिशतको खुद वृद्धि भएपछि ग्रेड रकमसमेत जोड्दा राष्ट्रसेवक कर्मचारीहरूको न्यूनतम मासिक पारिश्रमिक करिब ४० हजार रुपैयाँदेखि १ लाख रुपैयाँभन्दा माथिसम्म कायम हुने छ।
सरकारले बढाइएको नयाँ तलबमान आगामी २०८३ साल साउन १ गतेदेखि लागू हुने जनाएको छ। महँगी, जीवनयापन खर्च र कर्मचारीहरूको मनोबल वृद्धि गर्ने उद्देश्यले तलब वृद्धि गरिएको सरकारको भनाइ छ।
यस निर्णयबाट निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा अन्य सरकारी सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।
















प्रतिक्रिया