काठमाडौं l प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री बालेन शाह ले नेपालले पनि भारततर्फको केही भूमि मिचेको जानकारी आफूले पाएको बताएका थिए। उक्त अभिव्यक्तिपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस की सचेतक बासना थापा ले सरकारसँग स्पष्टता मागेकी छन्।
बैठकमा बोल्दै थापाले प्रधानमन्त्रीको भनाइ गम्भीर विषय भएकाले तथ्य र प्रमाणसहित संसदलाई जानकारी गराउनुपर्ने बताइन्। उनले भनिन्, “सम्माननीय प्रधानमन्त्रीले नेपालको तर्फबाट पनि भारतको भूमि मिचिएको रहेछ भन्नुभयो। कहाँनेर मिचिएको हो, यसबारे छिटोभन्दा छिटो अवगत गराइयोस्।”
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि सीमा सम्बन्धी विषयमा संसदमा थप चासो र बहस सुरु भएको छ। कांग्रेसले सरकारले तथ्यपरक विवरण सार्वजनिक गरेर संसद र नागरिकलाई स्पष्ट जानकारी दिनुपर्ने माग गरेको छ।
















प्रतिक्रिया