प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा नेपाल–भारत सीमा सम्बन्धी प्रसंग उठाउँदै “भारतीय भूमि नेपालीले मिचेको छ” भन्ने आशयको अभिव्यक्ति दिएपछि संसद्मा विवाद उत्पन्न भएको छ।
प्रधानमन्त्रीको उक्त भनाइप्रति प्रतिपक्षी नेकपा (एमाले) लगायतका दलका सांसदहरूले आपत्ति जनाएका छन्। एमाले सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीको अभिव्यक्तिले आम नेपालीको शिर झुकाएको टिप्पणी गर्दै संसद् र जनतासमक्ष स्पष्टिकरण दिन माग गरेका छन्।
विपक्षी सांसदहरूले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय हित र कूटनीतिक संवेदनशीलतासँग जोडिएको विषय भएकाले सरकारको आधिकारिक धारणा स्पष्ट हुनुपर्ने बताएका छन्। यस विषयलाई लिएर संसद्मा पक्ष–विपक्षबीच तीव्र बहस भइरहेको छ।
















प्रतिक्रिया