काठमाडौं l प्रतिनिधिसभाको बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्दैछ। बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल औपचारिक रूपमा सुरु हुने भएको छ।
कार्यसूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। प्रस्तावमाथि सांसदहरूले बजेटका प्राथमिकता, कर नीति, राजस्व संकलन, खर्च व्यवस्थापन तथा आर्थिक सुधारका कार्यक्रमबारे आफ्नो धारणा राख्नेछन्।
सरकारले गत शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आजदेखि संसदमा औपचारिक बहस सुरु हुन लागेको हो। बजेटमा समेटिएका कर, सामाजिक सुरक्षा, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा निजी क्षेत्रसँग सम्बन्धित व्यवस्थामाथि सांसदहरूले समर्थन र आलोचना दुवै गर्ने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया