काठमाडौँ – डिशहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीसँगको ब्रान्ड एम्बेसेडर सहकार्यलाई निरन्तरता दिएको छ।
आज भैँसेपाटीस्थित डिशहोमको कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा कम्पनी र रायमाझीबीच ब्रान्ड एम्बेसेडर सम्झौता नवीकरण गरिएको हो।

सम्झौतापत्रमा डिशहोमका प्रमुख कार्यकारी अधिकृत प्रसन्न पोख्रेल र अभिनेत्री दिव्या रायमाझीले हस्ताक्षर गरेका छन्।
डिशहोमका अनुसार डिजिटल कनेक्टिभिटीको विस्तार, युवा पुस्तासँग भावनात्मक सम्बन्ध मजबुत बनाउने उद्देश्य तथा आधुनिक डिजिटल जीवनशैलीलाई प्रवर्द्धन गर्ने रणनीतिअनुसार कम्पनीले आफ्नो ब्रान्ड यात्रालाई अगाडि बढाइरहेको छ। यही अभियानअन्तर्गत युवामाझ लोकप्रिय तथा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने व्यक्तित्वका रूपमा दिव्या रायमाझीसँगको सहकार्यलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ।
यस अवसरमा डिशहोमले आगामी डिजिटल अभियान, ग्राहक केन्द्रित सेवा तथा विशेष मनोरञ्जनात्मक कार्यक्रमहरूमा पनि रायमाझीसँग सहकार्य जारी रहने जानकारी दिएको छ।
हाल डिशहोमले देशभर उच्च गतिको इन्टरनेट तथा डिजिटल टेलिभिजन सेवा उपलब्ध गराउँदै लाखौँ ग्राहकसम्म आफ्नो पहुँच विस्तार गरिरहेको छ।

सम्झौता नवीकरणपछि प्रतिक्रिया दिँदै अभिनेत्री दिव्या रायमाझीले डिशहोमसँगको सहकार्यलाई थप निरन्तरता दिन पाउँदा खुशी लागेको बताइन्। उनले यस सहकार्यमार्फत नेपाली दर्शक तथा डिजिटल प्रयोगकर्तासँग अझ नजिक भएर जोडिन सक्ने विश्वास व्यक्त गरिन्।

















प्रतिक्रिया