काठमाडौं l राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रबिलामिछाने भारत भ्रमणका क्रममा नयाँदिल्ली पुगेका छन्।
नयाँदिल्लीमा उनलाई भारतीय जनता पार्टी मुख्यालयमा भव्य स्वागत गरिएको छ। भेटका क्रममा दुई पक्षबीच राजनीतिक सम्बन्ध, आपसी सहकार्य र क्षेत्रीय विषयमा छलफल भएको बताइएको छ।
नेपाल–भारतबीच सीमा विवाद र राजनीतिक तनावका चर्चा भइरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सभापति लामिछानेको भ्रमण ५ दिनको रहेको र अन्य राजनीतिक भेटघाट तथा अयोध्या भ्रमणसमेत तय भएको जनाइएको छ।

















प्रतिक्रिया