काठमाडौं l भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सँगको भेटपछि नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताएका छन्।
मोदीले सामाजिक सञ्जालमार्फत लामिछानेसँग भेट्न पाउँदा खुशी लागेको उल्लेख गर्दै साझा समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उनको इच्छाको स्वागत गरेका छन्। उनले नेपाल भारतको ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गत प्राथमिक साझेदार राष्ट्र रहेको बताउँदै दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न भारत उत्सुक रहेको उल्लेख गरेका छन्।
मोदीको उक्त अभिव्यक्ति लामिछानेको भारत भ्रमणका क्रममा भएको भेटघाटपछि सार्वजनिक भएको हो। उनले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाउन दुवै पक्षबीच सहकार्य विस्तार हुने विश्वास व्यक्त गरेका छन्।

















प्रतिक्रिया