डिशहोमको विश्वकप विशेष अफर सार्वजनिक, सिजन पास खरिदमा ३ महिनासम्म निःशुल्क सुविधा


काठमाडौं – नेपालको अग्रणी डिटिएच टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोम ले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक लाभसहित विश्वकपका सबै खेलहरू उच्च गुणस्तरमा हेर्न सक्ने कम्पनीले जनाएको छ।  

डिशहोमका अनुसार डिटिएच कम्बो तथा आइपिटिभी कम्बो सेवाका ग्राहकहरूले ६ महिना वा १२ महिनाको कम्बो प्याकेज रिचार्ज गरी रु. ९९९ मा फिफा विश्वकप २०२६ सिजन पास खरिद गरेमा थप ३ महिनासम्म निःशुल्क सदस्यता सुविधा प्राप्त गर्नेछन्। यो योजना २०२६ जुन १ देखि जुलाई २१ सम्म लागू रहनेछ।  

फिफा विश्वकप २०२६ अन्तर्गतका १०४ वटै खेलहरू हिमालय स्पोर्ट्समार्फत प्रत्यक्ष प्रसारण हुनेछन्। दर्शकहरूले ती खेलहरू डिशहोमका विभिन्न प्लेटफर्महरू– डिटिएच, आइपिटिभी, डिगो, केबल टिभी तथा टिटु टिभीमार्फत सहज रूपमा हेर्न सक्नेछन्।  

डिशहोमका एक प्रतिनिधिले विश्वकपलाई विश्वकै सबैभन्दा ठूलो खेलकुद महोत्सवमध्ये एक भएको उल्लेख गर्दै ग्राहकहरूलाई सहज, किफायती र उत्कृष्ट मनोरञ्जन अनुभव प्रदान गर्ने उद्देश्यले यो विशेष योजना ल्याइएको बताए। उनले यस योजनाले ग्राहकप्रतिको कम्पनीको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

इच्छुक ग्राहकहरूले नजिकको डिशहोम डिलर वा  डिशहोमको आधिकारिक वेबसाइट मार्फत सिजन पास खरिद गरी योजनाको लाभ लिन सक्नेछन्। साथै थप जानकारीका लागि ग्राहक सेवा केन्द्र ०१–५९७०३६५ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

डिशहोमले विगतदेखि नै गुणस्तरीय डिजिटल मनोरञ्जन तथा सञ्चार सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै आगामी फिफा विश्वकप २०२६ लाई नेपाली दर्शकका लागि अझ रोमाञ्चक र स्मरणीय बनाउने लक्ष्यसहित ग्राहक केन्द्रित सेवा तथा सुविधालाई निरन्तर प्राथमिकतामा राख्ने जनाएको