एसएसपी दिलिप घिमिरेले सम्हाले काठमाडौं जिल्ला प्रहरी परिसरको जिम्मेवारी


काठमाडौं l हालै सरुवा हुनुभएका एसएसपी दिलिप घिमिरेले काठमाडौं जिल्ला प्रहरी परिसरको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ। उहाँ आज परिसरमा पुगेर औपचारिक रूपमा कार्यभार ग्रहण गर्नुभएको हो।

प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको मन्त्रीस्तरीय निर्णयअनुसार नेपाल प्रहरीका ३३ जना एसएसपीहरूको सरुवा तथा काज हेरफेर गरिएपछि घिमिरेलाई काठमाडौं जिल्ला प्रहरी परिसरको नेतृत्वको जिम्मेवारी दिइएको हो।

राजधानीको सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा कानून कार्यान्वयनका दृष्टिले महत्वपूर्ण मानिने काठमाडौं जिल्ला प्रहरी परिसरको कमान्ड अब एसएसपी घिमिरेले सम्हाल्नुभएको छ।