नेपाली कांग्रेसमा ३ लाख ७५ हजार क्रियाशील सदस्यको सदस्यता अद्यावधिक


काठमाडौं l नेपाली कांग्रेसले हालसम्म ३ लाख ७५ हजार क्रियाशील सदस्यको सदस्यता अद्यावधिक गरेको जनाएको छ। पार्टीको सदस्यता व्यवस्थापन समितिका सदस्य तथा प्रकाश स्नेही रसाइली का अनुसार उक्त संख्याका सदस्यले आफ्नो सदस्यता नवीकरण गरिसकेका छन्।

प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले सदस्यता नवीकरण गरेका सदस्यहरूको विवरण ‘डिजिटल रूपमा अद्यावधिक’ गर्न समय दिएको छ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका बेला पार्टीमा ८ लाख ७० हजारभन्दा बढी क्रियाशील सदस्य रहेका थिए। हालसम्मको अद्यावधिक तथ्यांकअनुसार सदस्यता नवीकरणको प्रक्रिया जारी रहेको पार्टीले जनाएको छ।