प्रधानसेनापतिसँग भारतीय सेनाका वरिष्ठ अधिकारीको शिष्टाचार भेट


काठमाडौं l भारतीय सेनाका लेफ्टिनेन्ट जनरल सञ्जीव चौहान (एभीएसएम, वाईएसएम), स्ट्राटेजिक फोर्सेस कमाण्डका उप–कमाण्डर–इन–चीफ, गोर्खा ब्रिगेडका अध्यक्ष तथा भारतीय सेनाको पहिलो गोर्खा राइफल्स (१ जीआर) का कर्णेलले प्रधानसेनापति तथा भारतीय सेनाका मानार्थ जनरल अशोक राज सिग्देलसँग शिष्टाचार भेट गरेका छन्।

नेपाली सेनाको मुख्यालयमा भएको भेटका क्रममा नेपाल र भारतबीचको द्विपक्षीय सैन्य सहकार्यलाई थप सुदृढ बनाउने तथा दुवै देशका सेनाबीचको दीर्घकालीन र घनिष्ठ सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको बताइएको छ।