काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार (जेठ २३) काठमाडौं र ललितपुरका विभिन्न ९८ स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ।
प्राधिकरणका अनुसार १३२ केभी स्युचाटार सबस्टेसनमा मर्मतसम्भार तथा स्तरोन्नति कार्य गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा बन्द गरिनेछ।
स्युचाटार र टेकु सबस्टेसन अन्तर्गत कुलेश्वर, कीर्तिपुर, रत्नपार्क तथा पुल्चोक वितरण केन्द्रबाट सेवा लिइरहेका क्षेत्रहरू प्रभावित हुनेछन्।
नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजना अनुसार स्युचाटार सबस्टेसनको बस सटडाउनमा राखेर आवश्यक मर्मत तथा स्तरोन्नतिको काम गरिने भएकाले विद्युत् आपूर्ति अस्थायी रूपमा रोक्न लागिएको हो।
प्राधिकरणले उपभोक्तालाई आवश्यक तयारी गर्न आग्रह गर्दै काम निर्धारित समयभन्दा अगाडि सम्पन्न भएमा विद्युत् आपूर्ति छिट्टै पुनः सञ्चालन गरिने जनाएको छ।

















प्रतिक्रिया