काठमाडौँ । कलाकार सिताराम कट्टेल (धुर्मुस) मातृभूमि फर्किएका छन्। उनले न्याय अवश्य मिल्नेछ भन्ने पूर्ण आशा र अटल विश्वासका साथ स्वदेश फर्किएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै धुर्मुसले आफ्नै माटोप्रतिको भरोसा र न्यायप्रतिको विश्वासले आफूलाई स्वदेश फर्कन प्रेरित गरेको उल्लेख गरेका छन्। उनले न्यायको अनुभूति गर्ने अवसर प्राप्त हुने अपेक्षा पनि व्यक्त गरेका छन्।
“न्याय अवश्य मिल्नेछ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु,” उनले लेखेका छन्। “आशा छ, न्यायको अनुभूति गर्दै आफ्नै माटोको काखमा सुख–दुःख साटेर जीवनका घाउहरू निको पार्ने अवसर अवश्य प्राप्त हुनेछ।”
धुर्मुसको उक्त अभिव्यक्तिलाई न्यायप्रतिको विश्वास, मातृभूमिप्रतिको मोह र भविष्यप्रतिको आशावादका रूपमा हेरिएको छ। उनले आफ्नो जीवनका कठिन अनुभव र संघर्षबीच पनि न्याय प्राप्त हुने विश्वास कायम रहेको सन्देश दिएका छन्।

















प्रतिक्रिया