काठमाडौं l प्रतिनिधिसभाको बैठक चलिरहँदा आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक माननीय खुश्बु ओली ले आफूलाई हत्या र बलात्कारको धम्की आएको बताएकाे विषयलाई लिएर गृहमन्त्री सुधन गुरूङ ले संसदभित्रै चासो देखाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठक चलिरहँदा गृहमन्त्री गुरूङ प्रतिपक्षी बेन्चमा पुगेर खुश्बु ओलीसँग प्रत्यक्ष कुराकानी गरेका हुन्। ओलीले संसदमा आफूलाई सामाजिक सञ्जालमार्फत हत्या तथा बलात्कारको धम्की आएको भन्दै सुरक्षा र कानुनी कारबाहीको माग गरेकी थिइन्।
उक्त विषय सार्वजनिक भएपछि गृहमन्त्री गुरूङले संसदभित्रै ओलीसँग भेटेर घटनाबारे जानकारी लिएका थिए। सरकारका तर्फबाट धम्कीको विषयलाई गम्भीर रूपमा लिइएको संकेतस्वरूप उनको यो भेटलाई हेरिएको छ।

















प्रतिक्रिया