काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्साल ले नागढुङ्गा–मुग्लिन सडकखण्डको स्थलगत अनुगमनका क्रममा काममा ढिलासुस्ती गर्ने ठेकेदारप्रति आक्रोश व्यक्त गरेका छन्।
अनुगमनका क्रममा सडक विस्तार तथा मर्मत कार्य अपेक्षित गतिमा अघि नबढेको भन्दै मन्त्री लम्सालले “काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनु” भन्ने अभिव्यक्ति दिएका हुन्। उनले जनतालाई सास्ती दिने र समयमै काम सम्पन्न नगर्ने प्रवृत्ति अब स्वीकार्य नहुने चेतावनी दिए।
नागढुङ्गा–मुग्लिन सडक देशकै व्यस्त राजमार्गमध्ये एक भएकाले निर्माण कार्यमा हुने ढिलाइले यात्रु र सवारी चालकलाई ठूलो समस्या परेको भन्दै मन्त्री लम्सालले सम्बन्धित निकायलाई कामको गति बढाउन निर्देशन दिएका छन्।
मन्त्रीको उक्त अभिव्यक्ति यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। केहीले यसलाई कामप्रति कडा सन्देशका रूपमा व्याख्या गरेका छन् भने अन्यले सार्वजनिक पदमा रहेका व्यक्तिबाट यस्तो अभिव्यक्ति आउनु उपयुक्त नभएको टिप्पणी गरेका छन्।

















प्रतिक्रिया