काठमाडौं l राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद सृष्टि भट्टराई ले गुडिरहेको कारको झ्यालबाट आधा शरीर बाहिर निकालेर रमाइलो गरेको पुरानो भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
भिडियो सार्वजनिक भएपछि सडक सुरक्षासम्बन्धी नियम उल्लङ्घन भएको भन्दै उनलाई पनि हर्क साम्पाङ लाई जस्तै ट्राफिक कारबाही गर्नुपर्ने माग सामाजिक सञ्जालमा उठ्न थालेको छ।
कतिपय प्रयोगकर्ताले सार्वजनिक पदमा रहेका व्यक्तिले सडक सुरक्षाका नियमहरूको पालना गर्नुपर्ने भन्दै कारबाहीको माग गरेका छन्। यद्यपि, उक्त भिडियो कहिले खिचिएको हो र त्यस विषयमा सम्बन्धित निकायको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन।

















प्रतिक्रिया