काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लाई नियन्त्रणमा लिएको छ।
स्रोतका अनुसार पासपोर्ट खरिदसम्बन्धी प्रकरणको अनुसन्धानका लागि सादा पोशाकमा खटिएको टोलीले अर्याललाई नियन्त्रणमा लिएको हो।
यसै प्रकरणमा व्यवसायी सिद्धार्थ थापा लाई पनि नियन्त्रणमा लिइएको बताइएको छ।
अख्तियारले राहदानी विभागको पासपोर्ट खरिद प्रक्रियासम्बन्धी अनियमितताको आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

















प्रतिक्रिया