काठमाडौं l भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल ले असारको तेस्रो हप्तादेखि सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्ने प्रक्रिया सुरु गरिने बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित रहेका नागरिकलाई लालपूर्जा उपलब्ध गराउने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताए।
उनले आवश्यक नापजाँच, लगत संकलन तथा कानुनी प्रक्रिया पूरा भएका स्थानबाट असारको तेस्रो हप्तादेखि लालपूर्जा वितरण थालिने जानकारी दिए। मन्त्री रावलका अनुसार भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गरी उनीहरूलाई जग्गाको कानुनी स्वामित्व प्रदान गर्ने सरकारको लक्ष्य रहेको छ।
सरकारले राष्ट्रिय भूमि आयोगमार्फत देशभरका पात्र लाभग्राहीको पहिचान, जग्गा नापजाँच तथा अभिलेखीकरणको कामलाई तीव्रता दिइरहेको जनाएको छ।

















प्रतिक्रिया