गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरू विपद् व्यवस्थापन बैठकमा सहभागी


काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सहित विभिन्न सुरक्षा निकायका प्रमुखहरू विपद् व्यवस्थापनसम्बन्धी उच्चस्तरीय बैठकमा सहभागी भएका छन्।

बैठकमा मनसुनजन्य विपद्, बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट हुन सक्ने जोखिम न्यूनीकरण, पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनका विषयमा छलफल हुने जनाइएको छ।

बैठकमा सुरक्षा निकायबीचको समन्वय, आवश्यक स्रोत–साधनको व्यवस्थापन, जोखिमयुक्त क्षेत्रको निगरानी तथा आपत्कालीन अवस्थामा प्रभावकारी उद्धार कार्य सञ्चालन गर्ने विषयमा विशेष जोड दिइने छ ।

मनसुन सक्रिय भएसँगै सम्भावित विपद्को सामना गर्न सरकार तथा सुरक्षा निकायहरू तयारी अवस्थामा रहेको जानकारी बैठकमा दिइएको छ।