मन्त्रिपरिषद् बैठक आज साढे ४ बजे बस्दै


काठमाडौं l सम्माननीय प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक आज असार ५ गते दिउँसो ४:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी आह्वान गर्नुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने उक्त बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारका प्राथमिक कार्यक्रम तथा विभिन्न मन्त्रालयगत प्रस्तावहरूमा छलफल हुने अपेक्षा गरिएको छ।