काठमाडौं l राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध दर्ता गरिएको संगठित अपराधसम्बन्धी अभियोग सबै जिल्लामा फिर्ता लिइएको छ।
शुक्रबार काठमाडौं जिल्ला अदालत का न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेविरुद्धको संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको हो।
यस आदेशसँगै विभिन्न जिल्लामा उनीविरुद्ध लगाइएको संगठित अपराधसम्बन्धी अभियोग हटेको छ। यद्यपि अन्य कसुरसम्बन्धी मुद्दाहरू भने सम्बन्धित अदालतमा यथावत् रहनेछन्।


















प्रतिक्रिया