काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ ले मर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत्गृह निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले विद्युत्गृहका विभिन्न संरचना, उपकरण तथा सञ्चालन अवस्थाबारे आयोजनाका प्राविधिक कर्मचारीसँग जानकारी लिएका थिए।
त्यस अवसरमा उनले देशको ऊर्जा सुरक्षामा जलविद्युत् आयोजनाहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै विद्युत् उत्पादन क्षमता वृद्धि र पूर्वाधार सुदृढीकरणमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।
मन्त्री श्रेष्ठलाई आयोजनाका निमित्त प्रमुख शेरमहम्मद हुसैन ले आयोजनाको वर्तमान अवस्था तथा सञ्चालनबारे जानकारी गराएका थिए।
मर्स्याङ्दी जलविद्युत् आयोजना बाट हाल ६९ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ।

















प्रतिक्रिया