गगन थापा रास्वपाको महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै


नेपाली कांग्रेसका सभापति गगन कुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन चितवन जाने भएका छन्।

उद्घाटन सत्रमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्तालाई शुभकामना मन्तव्य दिने कार्यक्रम रहेको जनाइएको छ।