चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रानी लामिछने ले पार्टीलाई बाह्य शक्तिले कमजोर बनाउन वा लडाउन नसक्ने दाबी गरेका छन्।
चितवनमा सुरु भएको रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले विगतमा व्यक्त गरेको आफ्नो धारणा दोहोर्याउँदै रास्वपा आफ्नै कमजोरीका कारण मात्र चुक्न सक्ने, तर बाहिरबाट कसैले पार्टीलाई लडाउन नसक्ने बताएका हुन्।
उनले भने, “मैले विगतमा पनि भनेको छु, रास्वपा लड्यो भने आफ्नै खुट्टामा अल्झिएर लड्छ, यसलाई लडाउने अरूको तागत छैन। तर, रास्वपालाई लडाउने शक्ति अबको युगमा आउने छैन।”
सभापति लामिछानेले पार्टीभित्रको एकता, संगठनात्मक बल र कार्यकर्ताको प्रतिबद्धताले रास्वपालाई निरन्तर अघि बढाइरहेको उल्लेख गरे। उनले पार्टीमाथि विभिन्न प्रकारका राजनीतिक चुनौती र दबाब आए पनि त्यसले रास्वपाको यात्रालाई रोक्न नसक्ने दाबी गरे।
रास्वपाको प्रथम महाधिवेशन चितवनमा जारी छ। महाधिवेशनले पार्टीको भावी नेतृत्व, संगठनात्मक संरचना र आगामी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया