रास्वपा महाधिवेशन: केन्द्रीय सदस्यका लागि मतदान सुरुहुन अझै २-३ घण्टा लाग्ने


भरतपुर । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत आज ९९ सदस्यीय केन्द्रीय समितिका सदस्य चयनका लागि मतदान हुँदैछ।

पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटी का अनुसार हाल महाधिवेशनस्थलमा उम्मेदवारहरूको दाबी–विरोध सम्बन्धी प्रक्रिया चलिरहेको छ। उनले आगामी २–३ घण्टाभित्र मतदान प्रक्रिया सुरु हुने जानकारी दिएका छन्।

केन्द्रीय सदस्यका ९९ पदका लागि करिब ४०० जनाले उम्मेदवारी दर्ता गराएका छन्। मतदानलाई व्यवस्थित बनाउन ८० वटा इलेक्ट्रोनिक मेसिन तयारी अवस्थामा राखिएको र प्रतिस्पर्धा निकै रोचक हुने अपेक्षा गरिएको छ।

रास्वपाको प्रथम महाधिवेशनमा यसअघि रवि लामिछाने सभापतिमा सर्वसम्मत निर्वाचित भइसकेका छन्। अब केन्द्रीय समितिका सदस्य चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढिरहेको छ।