केन्द्रीय सदस्यमा निर्वाचित भएपछि तोशिमा कार्कीको उपसभापतिमा उम्मेदवारी घोषणा


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा निर्वाचित भएकी तोशिमा कार्की ले उपसभापति पदमा उम्मेदवारी घोषणा गरेकी छन्।

सामाजिक सञ्जालमार्फत उनले केन्द्रीय सदस्यमा निर्वाचित गराई दोस्रो चरणमा प्रवेश गर्ने अवसर दिएकोमा प्रतिनिधिहरूप्रति आभार व्यक्त गरेकी छन्। कार्कीले अब उपसभापति पदका लागि उम्मेदवारी दिएको जानकारी दिँदै बलियो साथ र समर्थनका लागि अपिल गरेकी छन्।

उनले पार्टीलाई अझ सशक्त र प्रभावकारी बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी नेतृत्व चयन प्रक्रियामा प्रतिनिधिहरूको विश्वास प्राप्त हुने अपेक्षा व्यक्त गरेकी छन्।