रास्वपाको केन्द्रीय सदस्यमा श्रममन्त्री राजमी यादव पराजित


भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका युवा, श्रम तथा रोजगारमन्त्री राजमी यादव पराजित भएका छन्।

बिहीबार राति सार्वजनिक गरिएको मतपरिणामअनुसार कुल २,९५९ मतमध्ये यादवले ८६९ मत मात्र प्राप्त गरे। उनले खुला (राष्ट्रिय) केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए, जहाँ ६४ पदका लागि २१० जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

बालेन शाह नेतृत्वको सरकारका १७ मन्त्रीमध्ये यादवसहित आठ जनाले रास्वपाको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका थिए। तीमध्ये श्रममन्त्री यादव बाहेक अन्य सात मन्त्री भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्

राजमी यादवको पराजयलाई रास्वपाको आन्तरिक निर्वाचनमा उल्लेखनीय परिणामका रूपमा हेरिएको छ।