काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन, असार १५ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
शुभकामना सन्देश जारी गर्दै मन्त्री गौतमले असार १५ किसानको अथक परिश्रम, नेपाली कृषि संस्कृति तथा खाद्य सुरक्षाप्रतिको सम्मानको प्रतीक भएको उल्लेख गर्नुभएको छ।
उहाँले देशको समृद्धिको आधार कृषि भएकाले किसानको श्रमको उच्च सम्मान गर्दै कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र खाद्य आत्मनिर्भरताको यात्रालाई थप सुदृढ बनाउन सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभएको छ।
मन्त्री गौतमले यस पावन अवसरमा सम्पूर्ण किसानको मेहनत सफल होस्, खेतबारी हराभरा बनून्, राम्रो उत्पादन होस् र नेपाल कृषि क्षेत्रमा अझ समृद्ध तथा आत्मनिर्भर बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ। साथै, उहाँले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।

















प्रतिक्रिया